बिस्केक: नेपाली फुटसल टोलीले आज ताजिकिस्तानसँग प्रतिपर्धा गर्दैछ। एएफसी फुटसल एसियन कप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा ताजकिस्तानको सामना गर्नेछ। खेल नेपाली समय अनुसार पौने ११ बजे सुरु हुनेछ।
यसअघि आईतवारको खेलमा नेपालले समूहकै बलियो मानिएको उज्बेकिस्तानसँग ५-१ गोलअन्तरले पराजय ब्यहोरेको थियो। ताजकिस्तानले…