सुरक्षा परिषद् बैठकमा अमेरिकी र रुसी दूतबीच तनाव

न्युयोर्क । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा रुसी र अमेरिकी दूतहरूबीच आक्रोशपूर्ण भनाभन भएको छ । युक्रेनको सिमानामा रुसले आफ्नो एक लाख फौज तैनाथ गरेको विषयमा छलफल गर्न संयुक्तराज्य अमेरिकाले यो बैठक बोलाएको हो । अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले दशकौँपछि पहिलोपटक यति धेरै संख्यामा सो क्षेत्रमा सैनिक परिचालित भएको देखिएको...