किसानलाई चाहिएका बेला मल उपलब्ध गराउन नसकेको भन्दै सांसदहरूले प्रदेश सरकारको आलोचना गरेका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकमा सहज रूपमा मल उपलब्ध गराउन प्रदेश सरकार असफल भएको उनीहरूले आरोप लगाएका हुन् । सांसदहरूले मल, बीउ र सिँचाइ नपाउँदा कृषि उत्पादन घटेको बताए ।