विक्री लक्ष्य पूरा गर्दै उदयपुर सिमेन्ट उद्योग : ९ महीनामा १८ लाख ९ हजार बोरा सिमेन्ट विक्री

वैशाख १३, काठमडौं । कमजोर व्यवस्थापकीय क्षमताका कारण प्रायः बन्द रहेको नेपालकै प्रख्यात उदयपुर सिमेन्ट उद्योगले पछिल्लो समय तीव्र गतिमा फड्को मारेको छ । गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले चालू आवको ९ महीनामा १८ लाख ९ हजार बोरा सिमेन्ट विक्री गरेको छ ।  उद्योगले आव २०७८/७९ मा २४ लाख बोरा सिमेन्ट विक्री गर्ने लक्ष्य लिएको थियो । विक्री लक्ष्य भेट्टयाउने उद्देश्यसहित उद्योगका सम्पूर्ण कर्मचारी अगाडि बढेका छन् ।  उद्योगका प्रवक्ता लक्ष्मण पोखरेल चालू आवको विक्री लक्ष्य पूरा भए बर्सेनि भइरहेको करीब रू. ३० करोड घाटा पूर्ति गरी उद्योग सामान्य नाफामा जाने बताउँछन् । यद्यपि, उद्योगलाई आवश्यक पर्ने डिजेल, कोइला, जिप्सम तथा आइरन ओर आदिको मूल्य झण्डै दुई गुणा वृद्धि भएको तथा सिमेन्टको माग घटेको अवस्थामा यसले प्रभाव पार्न सक्ने उनको चिन्ता छ ।  ‘२० लाख बोरासम्म विक्री गर्दा कुनै ‘इन्सेन्टिभ’ नपाउने तर सो माथि विक्री भएमा प्रतिबोरा रू. १० को दरले इन्सेन्टिभ पाउने भएपछि कर्मचारीमा उत्साह छाएको छ’, उनले भने, ‘उद्योगलाई नाफामा लैजान सक्दा बोनसलगायतको सुविधा पाइने, नगद प्रवाह राम्रो हुने भएकाले सबै कर्मचारी लक्ष्य पूरा गर्न लागिपरेका छन् ।’ पछिल्लो समय उद्योगको वित्तीय स्थिति स्वस्थ्य बनेको छ । उद्योग व्यवस्थापनले आव २०७७/७८ को वित्तीय विवरण तयार गरी सम्पत्ति र दायित्वको यथार्थ मूल्यांकन गरिसकेको छ । उद्योगले गत आवसम्मको रू. पाँच अर्ब ४९ करोड ८६ लाख ४७१ नोक्सानी पूर्ति गरी रू. ५६ करोड करोड ३८ लाख ८६ हजार ८४१ बचत गर्न सफल भएको छ ।  उद्योग सञ्चालक समितिले आगामी जेठ ३० गते बस्ने वार्षिक साधारण सभाबाट आव २०७७÷७८ को वित्तीय विवरण पारित गर्ने निर्णय गरिसकेको छ ।  महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको अगुवाईमा स्पष्ट भिजन, पारदर्शी कारोबार र २४ सै घण्टा उद्योगको लागि समर्पित भावनाको फलस्वरूप उद्योगले हर क्षेत्रमा प्रगति हासिल गर्न सफल भएको उद्योगका कर्मचारीको भनाइ छ ।  क्रियाशील ट्रेड युनियनसमेतले उद्योग सञ्चालनमा व्यवस्थापनलाई हरतरहले सहयोग गरिरहेका छन् । गैँडाछाप सिमेन्टलाई क्षेत्रीय बजारमा प्रवेश गराउने महाप्रबन्धक न्यौपानेको लक्ष्य छ ।  ‘अहिलेसम्म लक्ष्य पूरा गरिरहेका छौं, यदि उत्पादनले साथ दिए बाँकी अढाइ महीनामा ६ लाख बोराभन्दा पनि अझ बढी विक्री हुने गरी बजार विस्तार भएको छ’, विक्री विभाग प्रमुख राम जिसीले भने, ‘गैँडाछाप सिमेण्ट पाइँदैन, पाइए पनि महँगो छ भन्ने सोचलाई चिर्न महाप्रबन्धक न्यौपानेले स्वयम् अधिकृत विक्रेताका पसल पसलमा पुगेर सिमेन्टको उत्पादन नियमित हुने प्रतिबद्वता जनाएका थिए, जसको कारण आज हामी लक्ष्य पूरा गर्ने दिशामा अग्रसर भइरहेको छौँ । विक्री नीति लागू गरी बिक्रेतालाई इन्सेन्टिभको व्यवस्था गरिएको छ । गैँडाछाप सिमेन्टको गुणस्तरका बारेमा उपभोक्ता सचेतना पनि बढाइएको उद्योगको भनाइ छ । पूर्वाञ्चल र मधेसका जनतामा गैँडा छाप सिमेन्टप्रति विश्वास छ । थोरै मूल्य बढी भए पनि सचेत उपभोक्ताले गैँडा छाप सिमेन्ट नै खोजीखोजी प्रयोग गर्ने गरेको उनको दाबी छ ।  ‘कच्चापदार्थको मूल्य आकाशिए पनि हामीले प्रति बोरा कारखाना मूल्य ७२३ रुपैयाँ २० पैसालाई कायमै राख्दा अरु उद्योगले समेत मूल्यवृद्धि गर्न सकेका छैनन्, यसबाट उद्योगले केही घाटा व्यहोर्नुपर्ने भए पनि आम उपभोक्ताको लागि फाइदा हुने र समग्र सिमेन्टको मूल्य नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका रहेको छ’, विक्री प्रमुख जिसीले भने । रासस

सम्बन्धित सामग्री

उदयपुर सिमेन्ट उद्योग संचालनको माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

व्यवस्थापकीय कमजोरीका कारण झण्डै १ वर्षयता टाट पल्टँदै धराशायी हुन पुगेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेलाई सुचारु गर्न उदयपुरवासीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।...

उदयपुर सिमेन्ट उद्योग निर्वाचनपछि सञ्चालन हुने

पूर्ण रूपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड निर्वाचनपछि सञ्चालन हुने भएको छ । आइतबार उद्योग प्रशासन र उद्योगमा कार्यरत मजदुर युनियनबीच उद्योगलाई निर्वाचनपछि सञ्चालन गर्ने सहमति भएको हो । यसभन्दा...

उदयपुर सिमेन्ट उद्योग निर्वाचनपछि सञ्चालन हुने

पूर्णरुपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले निर्वाचनपछि सञ्चालन हुने भएको छ। आइतबार उद्योग प्रशासन र उद्योगमा कार्यरत मजदुर युनियनबीच उद्योगलाई निर्वाचनपछि सञ्चालन गर्ने सहमति भएको हो। यसभन्दाअघि कोइलाको...

उदयपुर सिमेन्ट उद्योग दिनानुदिन धराशायी

निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योग नाफामा छन् । विदेशी बजारमा समेत निर्यात गर्न सुरु गरेका छन् । तर, सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दिनानुदिन धराशायी बनेको छ। व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो । उद्योग अहिले बन्द अवस्थामा छ। दसैँपछि केही दिन खुलेको उद्योग छठ बिदा सकिएपछि पनि सञ्चालनमा आएको छैन ।उद्योग सञ्चालनको पहल गरिदिन त्यहाँका ट्रेड युनियनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गरेका छन् । उच्च व्यवस्थापनले उद्योगलाई धराशायी

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरु आन्दोलित भएका छन् । उद्योगमा कार्यरत मजदुरहरूको चार वटा संगठनले ज्ञापन पत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छ । उनीहरूले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरी बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन् । घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले जानकारी दिए । उदयपुर सिमेन्ट उद्योग राजनीतिक कोपभाजनको सिकार बन्दै आएको छ । नेपालकै उत्कृष्ट गैँडा छाप

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

उदयपुर- उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरू आन्दोलित भएका छन्। उद्योगमा कार्यरत मजदुरहरूको चारवटा संगठनले ज्ञापनपत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छन्। उनीहरूले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराउ गरी बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन्। घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले […]

विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द

काठमाडौँ,३१ असार । देशकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ । उद्योग प्रशासनका अनुसार सिरहाको लाहानबाट उद्योगमा आपूर्ति हुँदै आएको विद्युत् असार ९ गतेदेखि ट्रान्सफर्मरमा चट्याङ लागेर सिरहा गाईघाट प्रसारण सेवा बन्द भएकाले सिमेन्ट उद्योग पनि बन्द हुन […]

विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द

उदयपुर । देशकै सबैभन्दा ठुलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ । उद्योग प्रशासनका अनुसार सिरहाको लाहानबाट उद्योगमा आपूर्ति हुँदै आएको विद्युत् असार ९ गतेदेखि ट्रान्सफर्मरमा चट्याङ लागेर सिरहा गाईघाट प्रसारण सेवा बन्द भएकाले सिमेन्ट उद्योग पनि बन्द हुन पुगेको […]

उदयपुर सिमेन्ट उद्योग सुधारतर्फ

नेपालकै उत्कृष्ट गुणस्तरीय प्रमाणित गैँडा छाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेले एकवर्षको प्रगति विबरण सार्वजनिक गरेको छ।...