कोरोनाको त्रास नै भुलाइदिने ‘बैँसालु’ टोड्के ! (फोटो फिचर)

म्याग्दी – माथि डाँडामा उक्लिएर हेर्‍यो भने आँखै अगाडि देखिने सेताम्य हिमाल । जति हेर्‍यो उति हेरिरहुँ लाग्ने पाखापखेरा । चाँदी झैं टल्किने हिमालको तलतिर वसन्तले ल्याएको नयाँ रङ्ग । साँच्चै, कोरोनाको त्रास नै भुलाइदिने बैँसालु टोड्के ।जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएकाे छ । पर्यटन प्रवर्द्धनको आकर्षणस्थल बनेको टोड्के पर्यटकीय र धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ ।बिहानी सूर्योदय अनि बेलुकाको सूर्यास्तले यहाँ आउने जोकसैलाई सम्मोहन ...