काठमाडौँ । पेन्टागनले बुधवार सार्वजनिक गरेको एक रिपोर्टले चीनले परमाणु हतियार (परमाणु बम) बनाउने गति बढाउँदै गएको पाइएको छ । सन् २०२७ सम्म चीनले ७०० र सन् २०३० सम्ममा एक हजार बढी परमाणु हतियार बनाउन सक्ने प्रक्षेपण सहितको रिपोर्ट अमेरिकी रक्षा मन्त्रालयको मुख्यालयले सार्वजनिक गरेको हो ।