बेलबारीले माग्यो सङ्घीय सरकारसँग खोप खरिदको अनुमति

विराटनगर / आफ्ना नागरिक बचाउने अभियानमा रहेको मोरङको बेलबारी नगरपालिकाले सङ्घीय सरकारसँग कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि अनुमति माग गरेको छ । सङ्घीय सरकारले सबै नागरिकलाई खोप उपलब्ध गराउन नसकिरहेको अवस्थामा नगरपालिका आफैले खरिदका लागि अग्रसरता देखाएको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै खोप खरिदको स्वीकृति माग गरेका छन्... The post बेलबारीले माग्यो सङ्घीय सरकारसँग खोप खरिदको अनुमति appeared first on Purbeli News.

सम्बन्धित सामग्री

संघीय सरकारसँग खोप खरिदको अनुमति माग्दै स्थानीय तह

केन्द्र सरकारले कोभिडविरुद्धको खोप समयमै उपलब्ध गराउन नसकेको भन्दै एक दर्जनभन्दा बढी स्थानीय तहले स्वास्थ्य मन्त्रालयसँग खरिदका लागि मागे अनुमति केही दिनयता स्थानीय तहले कोभिडविरुद्धको खोप खरिद गर्न संघीय सरकारसँग अनुमति...

ललितपुर महानगरले दोस्रोपटक माग्यो कोभिसिल्ड खोप खरिदको अनुमति

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै कोभिसिल्ड खोप खरिदका लागि नेपाल सरकारसँग अनुमति मागेको छ ।  कोभिसिल्ड पहिलो डोज लगाएकालाई धेरै समय रनभुल्लमा राख्न नसकिने भन्दै महानगरले स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई सोमबार पत्राचार गरी कोभिसिल्ड खोप खरिदका लागि अनुमति मागेको हो । ‘‘अविलम्ब त्यहाँबाट कोभिसिल्ड खोप उपलब्ध गराइदिन हुन...

खोप खरिदको अनुमति माग्दै प्रदेश १ का व्यवासायी

महामारी नियन्त्रणका लागि आवश्यक कोेरोना भाइरसविरुद्धको खोप आयातको अनुमति दिन निजी क्षेत्रले सरकारसँग माग गरेको छ ।नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघले संयुक्त विज्ञप्ति जारी गर्दै खोप आयातको अनुमति प्रदान गर्न माग गरेको हुन् । महामारी नियन्त्रण र अर्थतन्त्रमा परेको नकारात्मक प्रभावको अन्त्यका लागि खोप आयातको अनुमति निजी […]

खोप खरिदको अनुमति माग्दै स्थानीय तह र निजी क्षेत्र

सरकारले सबै नागरिकलाई सहज रूपमा खोप उपलब्ध गराउन नसकेपछि स्थानीय तह र निजी क्षेत्रले खोप खरिदको अनुमति माग गरेको छ ।स्थानीय सरकारको हैसियतमा पहिलो पटक कोरोना परीक्षण गर्ने पीसीआर मेसिन खरिद गरेको वीरगन्ज महानगरपालिकाले दोस्रो चरणको कोरोना लहरमा कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार पत्राचार गर्दै […]