भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पुर्याउने उद्देश्यसहित तयार गरिएको एक्स३०० प्रोले अत्याधुनिक जाइस क्यामेरा प्रविधि, उच्चस्तरीय कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभवलाई एउटै डिभाइसमा समेटेको छ, जसले यसलाई भिभोको अहिलेसम्मकै सबैभन्दा परिष्कृत स्मार्टफोन बनाएको छ। भिभो एक्स३०० प्रो प्रिमियम रङ विकल्पहरू […]
उज्यालो नेपाल पार्टी भक्तपुर जिल्लाको संयोजकमा दुर्गा बहादुर घिमिरे चुनिएका छन् । पार्टीको भक्तपुर भेलाले घिमिरे संयोजक र पाँच जना सहसंयोजक तोकेको हो ।
किमाथाङ्का– चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्यास चुहिएर उनको घरमा आगलागी भएको थियो । आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी […]
काठमाडाैं । लोककवि राजभाई जकःमिलाई जन अभिनन्दनसहित “नेपाः रत्न पदक” बाट सम्मानित गरिएको छ । साथै उहाँद्वारा लिखित कीर्तिपुर नगरको पहिचान झल्काउने ऐतिहासिक काव्य संग्रह “किपू देय्या तजिलजि” को लोकार्पण पनि सम्पन्न भएको छ । “नव प्रतिभालाई प्रोत्साहन, अग्रजलाई सम्मान, हाम्रो कला–संस्कृति नेपालको मौलिक पहिचान” भन्ने नाराका साथ नेपाल कला–संस्कृति उत्थान समाजको आयोजनामा, कीर्तिपुर नगरपालिकाको […]
जनकपुर। अव्यवस्थित रूपमा सञ्चालन भइरहेको ई-रिक्सालाई जनकपुर उपमहानगरपालिकाले व्यवस्थित बनाउने भएको छ। उपमहानगरमा तथा यातायात कार्यालयमा पनि दर्ता भएका ई-रिक्साहरु नगर क्षेत्रभित्रै चल्न थालेपछि घण्टौँको जाम हुने अवस्था छ। ई-रिक्साको अत्याधिक चापसँगै नगरको ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त देखिएको छ। अझ ई-रिक्साको पार्किङजस्ता समस्याले नगर क्षेत्र अस्तव्यस्त देखिएको जनकपुर ३ का रञ्जित साह बताउँछन्। नगरमा अत्याधिक ई-रिक्सा […]