साना किसान विकास लघुवित्तको साधारण सभा सम्पन्न, शेयरधनीलाई २६% लाभांशसहित यी प्रस्ताव पारित

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको शुक्रवार सम्पन्न २१ औं वार्षिक साधारण सभाले शेयर धनीलाई २७.३७ प्रतिशत लाभांश पारित गरेको छ । भक्तपुरमा सम्पन्न साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९को आम्दानीबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्न र कर प्रयोजनका लागि नगद लाभांश १.३६८% उपलब्ध गराउन स्वीकृति प्रदान गरेकोे छ ।  सभामा वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वित्तीय संस्थाको जारी र चुक्तापुँजी. १ अर्ब ९७ करोड ११ लाख ६१ हजार २९६.७८ पुर्याउन २१औं साधारण सभा समक्ष प्रस्ताव गरिएको थियो । प्रतिवेदन अनुसार आ.व. ०७७/७८ को अन्त्यमा वित्तीय संस्थाको कुल सम्पत्ति २६ अर्ब १२ करोड ६६ लाख रहेकोमा ०७८/७९ को अन्त्यमा १७.८०% ले बृद्धिभई ३० अर्ब ७७ करोड ९० लाख रुपैयाँ पुगेको छ ।आर्थिक वर्ष २०७८/७९ मा प्रति शेयर आम्दानी ४४.५८, प्रति शेयर बुक नेटवर्थ २६५.७६, निष्कृय कर्जा ०.६७%, मूल्य आम्दानी अनुपात २३.८९, र कुल पुँजी कोष १२.६६% रहेको प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो । वित्तीय संस्थाले लघुकर्जा सेवाका अतिरिक्तपशुपालन तथा तरकारी खेती कर्जा, बागमती प्रदेश अन्तर्गत सहुलियतपूर्ण कर्जा, स्वावलम्बन कर्जा,साना तथा मझौला कृषि उद्यम व्यवसाय कर्जा (ग्रामीण उद्यम कर्जा), बैदेशिक रोजगारमा जाने र गई पर्केका युवाहरुलाई लक्षित गरी सुनौलो भविष्य कर्जा, कृषि कर्जा, नविकरणीय उर्जा कर्जा, इजरायलमा युवाहरुलाई कृषि तालिम, पशुधन सुरक्षण, पशुधन सुरक्षणप्रवद्र्धन, कृषि तथा पशुपालन प्रवर्द्धन, सीप तथा क्षमता विकास, सामाजिक÷साुमदायिक विकास, साना किसान सहकारी अनुसरणमार्फत महिला सशक्तिकरण तथा नेतृत्व विकास जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।  अन्तर्राष्ट्रिय सहयोगी संघसंस्थाहरुसँगको समेत सहकार्यमा क्षमता विकास र सेवा विस्तारका कार्यहरु हुँदै आएका छन् । एशियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारसँगको सहकार्यमा आ.व. २०७७/७८ देखि ग्रामीण उद्यम लगानी परियोजना सञ्चालन गर्दै आएको छ । यो परियोजना अन्तर्गत ५ वर्ष भित्र सामुहिक ५० र व्यक्तिगत ५०० कृषि उद्यम सञ्चालनमा ल्याउने कार्यक्रम छ । कृषिलाई नाफामुलक व्यवसायकोरुपमा स्थापित गर्ने उद्देश्यले यो कर्जा कार्यक्रम सञ्चालन गरिएको हो ।  यसै वार्षिक साधारणसभामा साना किसान विकास लघुवित्त वित्तीय संस्था र आर.एम.डी.सी. लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभ्ने/गाभिने प्रक्रिया अन्तिम चरणमा रहेकामा उक्त प्रक्रियाको विशेष प्रस्तावसमेत पेश भएको छ । अहिले वित्तीय संस्थामा आवद्ध १३३० र आवद्ध हुने क्रममा रहेका १२९ समेत १४५९ साझेदार सहकारी संस्थाहरु मार्फत देशका ७६ जिल्लाका १० लाख ७९ परिवारमा ८७ अर्ब रुपैयाँभन्दा बढी लघु तथा कृषि वित्त सेवा पुर्याउँदै आएको यस वित्तीय संस्थाले आगामी दिनमा नेपालका ११ लाख भन्द बढी परिवारमा सेवा पुर्याउने लक्ष राखेको छ ।  नेपालमा कृषिको रुपान्तरण र व्यावसायिकरणका लागि आवश्यक कृषि वित्त सेवा दिने मुलुककै संस्थागत विकल्पको रुपमा यस वित्तीय संस्थाको संरचनालाई सोही अनुसार सुधार गर्नुपर्ने खाँचो देखिएको बताइएको छ ।  साधारण सभामा उपस्थित सबैलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले स्वागत गरेका थिए भने कम्पनी सचिव झलेन्द्र भटृाराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित सामग्री

लघुवित्तको वित्तीय सेयर रजिष्ट्रार सम्बन्धी काम सनराइजले गर्ने

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था मर्जर भएको छ। मर्जरपश्चात् साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ।...

साना किसान लघुवित्तको सेयर रजिस्ट्रारमा सन्राइज क्यापिटल

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सन्राइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ ।  साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड तथा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई साना किसान...

साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का

काठमाडौं । मर्जरमा गएका साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार असार २४ गतेदेखि १५ दिन रोक्का रहने भएको छ ।  यी दुई कम्पनी मर्ज भई ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था’को नामबाट असार २४ गतेदेखि एकीकृत कारोबार गर्दैछन् । सोही कारण दुई कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन अनुरोध गर्दै संयुक्त मर्जर समितिले नेप्सेलाई पत्र लेखेको हो ।  यी दुई कम्पनीको मर्जरका लागि नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डले असार ४ गते अन्तिम स्वीकृति दिएका थिए । दुई कम्पनी १००ः८७ शेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् । हेर्नुस् सूचना

साना किसानलाई गरिने कर्जा लगानी घट्यो

साना किसान समूह बढाउँदै गर्दा कर्जा लगानी भने दुई अर्ब २३ करोडले घटेको छ  साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत साना किसानलाई जाने कर्जा दुई अर्ब २३ करोड रुपैयाँले घटेको छ ।...

साना किसान विकास लघुवित्त एनपिएसमा आबद्ध

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । यसका लागि संस्थाले एनसिएिचएलसँग सम्झौता...

साना किसान विकास लघुवित्त पनि एनपिएसमा आबद्ध

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमार्फत डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौता पत्रमा साना किसान...

साना किसान विकास लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ । आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा साना किसान विकास लघुवित्तका संस्थाका उपप्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा र एनसीएचएलका […]

साना किसान विकास लघुवित्त वित्तीय संस्था एनपीएसमा आबद्ध

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आबद्ध भएको छ । आज भएको सम्झौताअनुसार लघुवित्तले क्लियरिङ हाउसको डिजिटल माध्यमबाट भुक्तानी गर्ने भएको हो । सम्झौता पत्रमा साना किसान