मूलपानी मैदानलाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता

काठमाण्डाै - मूलपानी क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । काठमाण्डौमा भैरहेको एसीसी प्रिमियर कप त्रिकेटमा एकदिवसीय मान्यता पाएका दुई देश ओमान र यूएईबीच सेमिफाइनल खेल भएसँगै मूलपानीले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो । मूलपानी मैदान एकदिवसीय मान्यता पाउने नेपालको दोस्रो मैदान बनेको छ । नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको मैदान कीर्तिपुर हो । माथिल्लो मूलपानी मैदानमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २००८ मा एकेडेमी सञ्चालनको लागि निर्माण सुरुवात गरेको थियो ।