ललितपुरका ६ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

ललितपुर। ललितपुर जिल्लाका ६ वटै स्थानीय तहमा आज बिहीबारबाट निर्वाचन अधिकृतको कार्यालय खुलेका छन्। जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमलाका अनुसार बुधबार नै सबै पालिकाका सरसामान पठाइएको छ। ललितपुर महानगरको लागि जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको भवनमा कार्यालय स्थापना गरिएको छ।