छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्

बलेवा– वैदेशिक रोजगारीमा छोराबुहारी नभएको भए शालिकराम आचार्यका लागि देशको राजधानी काठमाडौँ बिरानो सहर हो । पर्यटकीय सहर पोखरामा होटल व्यवसाय गरेर बस्ने उनी बिरलै काठमाडौँ सहर आउजाउ गर्थे । बागलुङ नगरपालिका–४ घर भएका आचार्य पोखरा बसेर व्यवसाय गर्न थालेको केही वर्ष भयो । सवारीकै सहायतामा एक–दुई पटक काठमाडौँ पुगेर फर्केको अनुभव थियो उनीसँग । […]