कास्की – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सत्ता गठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘सिट बाँडफाँट न्यायोचित र सहमतिका साथ हुनुपर्छ । आफ्नो पार्टी सकेसम्म सबैको सम्मान हुने गरी सहमति गर्ने गरी अघि बढेको छ ।’
पार्टी निकट नेपाल आदिवासी जनजाति महासङ्घ कास्कीको प्रथम भेलाको आज शुक्रवरा पोखरामा शुभारम्भ गर्दै उहाँले गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक र सहमतिका साथ हुनुपर्दछ भन्नुभयो ...