नेपालमा अहिले पानी जहाज कम्पनी खोल्न आवश्यक नभएको नेपालको भनाई

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले पानी जहाज कम्पनी खोल्न आवश्यक नभएको बताएका छन् । नयाँ दलले मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले विकास निर्माणबारे पार्टीको अवधारणा व्यक्त गरेका हुन् । हावादारी योजना आफूहरुको प्राथमिकतामा नपर्ने उनको भनाई रहेको छ ।

सम्बन्धित सामग्री

कता अल्मलियो पानी जहाज कार्यालय ?

११ असोज, काठमाडौं । एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालय हिजोआज सुनसान छ, कर्मचारीहरु फुर्सदमा छन् । २ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यालय उद्घाटन गर्दा भनेका थिए, ‘पानीजहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस्, टिकट पाइन्छ ।’ कार्यालय खुलेको साढे चार वर्षसम्म पानीजहाज सञ्चालन त […]

नेकपा एकीकृत समाजवादीको घोषणापत्र : नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन

नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।  सो पार्टीले आफ्नो घोषणापत्रमा नेपालका ठुला नदी तथा तालहरुमा पर्यटक लक्षित साना पानी जहाज सञ्चालन गर्ने उल्लेख गरेको छ ।यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको ‘नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन’लाई नेकपा एकीकृत समाजवादीले पनि एजेण्डा बनाएको छ ।सो पार्टीले आफ्नो घोषणापत्रमा भनेको छ, ‘भूपरिवेष्ठित मुलुकहरुले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनक

एउटा चिनियाँ पानी जहाज जसले भारतदेखि अमेरिकासम्मको टाउको दुखायो

अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा चिनियाँ पानी जहाज चर्चाको विषय बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा छाइरहेको यो पानी जहाज दक्षिण एसियाली मुलुक श्रीलंकास्थित हम्बनटोटा बन्दरगाहामा छ

रुसी सैन्य क्षमताको प्रतिकका मानिएकाे लडाकु पानी जहाज समुद्रमा डुब्यो

बिस्फोटका कारण गम्भीर रुपमा क्षतिग्रस्त भएको रुसी लडाकु पानी जहाज समुद्रमा डुबेको छ। गएको बुधबार मस्क्भ नाम गरेको लडाकु पानी जहाज युक्रेन युद्धका लागि सैन्य सामग्री तथा सुरक्षाकर्मीसहित ब्ल्याक सीमा रहेका बेला बिस्फोट भएको थियो । रुसी रक्षा मन्त्रालयले गम्भीर रुपमा क्षतिग्रस्त भएको सो पानी जहाज ब्ल्याक सी मै डुबेको बताएको हो । समुद्रमा आएको […]

रुसको महत्वपूर्ण लडाकु पानी जहाज गम्भीर रुपमा क्षतिग्रस्त

रुसी लडाकु पानी जहाजमा गम्भीर क्षति पुगेको छ। युक्रेन युद्धका लागि बिस्फोटक पदार्थसहित तैनाथ भएको मोस्क्भा नाम गरेको लडाकु पानी जहाज ‘गम्भीर रुपमा’ क्षतिग्रस्त भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । यसअघि युक्रेनी अधिकारीले ब्ल्याक सी मा रहेको रुसी लडाकु पानी जहाज आफ्ना सैनिकले प्रहार गरेको रकेटको निशानामा आएको बताएको थियो । रुसी रक्षा मन्त्रालयका […]

हातहतियार बोकेको यूएईको पानी जहाज हुथी विद्रोहीको कब्जामा

१९ पुस, काठमाडौं। यमनको विद्रोही समूह हुथीले संयुक्त अरब इमिरेट्सको एक पानी जहाज कब्जामा लिएको बताएको छ । सोमबार हुथी विद्रोहीका सैन्य प्रवक्ताले हातहतियार बोकेको संयुक्त अरब इमिरेट्स (यूएई) को पानी जहाज आफूहरूले कब्जा गरेको बताएका छन् । हुथीका प्रवक्ता याहिआ सरीले अनुमतिबिना यमनको जल क्षेत्रमा प्रवेश गरी उक्साहटपूर्ण कार्य गरेका कारण यूएईको पानी जहाज […]

चीनमा पानी जहाज दुर्घटना हुँदा १२ को मृत्यु, अरु कयौँ बेपत्ता

चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।  जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन  जना हराइरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अत्यधिक भारीका कारण पानी जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ । खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।

पानी जहाज कार्यालय: काम नै नगरी एक वर्षमै पौने एक करोड खर्च

पानी जहाज कार्यालयले पानी जहाज खरिद गर्न परै जाओस्, कार्यालयका कर्मचारीका लागि दुईवटा सुविधा सम्पन्न गाडी खरिद गरेको छ। गत वर्षमा पानी जहाज कार्यालयले दुईवटा गाडी खरिद गर्न एक करोड ४३ लाख ८८ हजार रूपैयाँ खर्च गरेको थियो ।...

रेल र पानी जहाज जस्ता हावादारी योजना अहिले आवश्यक छैन : नेपाल

काठमाडौं : नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले देशमा रेल र पानी जहाज जस्ता हावादारी योजना आवश्यक नभएको बताएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वास्तविकताका आधारमा योजना निर्माण गर्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताए। ‘हामी पूर्वाधार विकासमा विशेष जोड दिन्छौं। त्यसो गर्दा हामी हावादारी योजनाहरु अगाडी सार्ने छैनौं । अहिले त्यो पानी जहाज कम्पनी खोल्नुपर्ने कुनै आवश्यकता छैन,' अध्यक्ष नेपालले थपे, ‘अहिले हाम्रो देशमा मेची