कर्णालीमा ७१ प्रतिशत जनसंख्या बिमाको पहुँच बाहिर

कर्णाली प्रदेशमा स्वास्थ्य बिमाको पहुँच निकै कम भएको पाइएको छ । स्वास्थ्य बिमा लागू भएको ८ वर्ष पुगेपनि यहाँ ७१ प्रतिशत जनसंख्या स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका छन् । यो अवधिमा २९.२६ प्रतिशत जनसंख्या मात्रै बिमामा आवद्ध भएका छन् ।

सम्बन्धित सामग्री

मधेशमा बिमाको पहुँच ८.६१ प्रतिशत मात्रै

देशभरका ४३.१४ प्रतिशत नागरिकमा बिमा पहुँच पुग्दा मधेश प्रदेशमा भने ८.६१ प्रतिशत नागरिकले मात्रै बिमाको सेवा लिएका छन् । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार माघ मसान्तसम्म जीवन बिमा गर्ने जनसंख्या सबैभन्दा बढी...

पर्वतका २४ प्रतिशत नागरिकमा स्वास्थ्य बिमाको पहुँच

पर्वत । पर्वतको कुल जनसंख्याको २४ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन्।  पर्वतमा गत बैषाख सम्म ३१ हजार आठ सय ९७ जनाले स्वास्थ्य बिमा गरेका हुन् । यो कुल जनसंख्याको २४ प्रतिशत हो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्वतको कुल जनसंख्या एक लाख ३२ हजार तीन सय ५२ रहेको छ। स्वास्थ्य बिमा […]

९५ प्रतिशत हुम्ली बिमाको पहुँच बाहिर

हुम्लाको कुल जनसंख्या ५० हजार ८ सय ५८ मध्ये २ हजार ५ सय जनाले मात्र जीवन बिमा गरेका छन् । बाँकी रहेका ४८ हजार ३ सय ५८ जना भने बिमाको पहुँचभन्दा बाहिर छन् । बिमाका बारेमा प्रयाप्त जानकारी नहुनु र बिमाको प्रभावकारिता कम हुनुले हुम्लामा ९५ प्रतिशतभन्दा बढी बासिन्दाले बिमा सेवा लिन सकेका छैनन । बिमा भनेको अर्थ नै थाहा हुन नसक्दा र बिमा गर्दा हुने फाइदाको बारेमा जानकारी नहुँदा बिमा गर्नेको संख्यामा कमी आएको हो ।