अन्ततः श्रीलंका नै फर्किने भए पूर्वराष्ट्रपति राजापाक्षे

श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे आउँदो हप्ता स्वदेश फर्किने भएका छन्। गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको आइल्याण्ड देश श्रीलंकामा आन्दोलन चर्किएपछि राजापाक्ष गत महिना भागेका थिए। तर उनी आउँदो हप्ता स्वदेश फर्किने तयारीमा रहेको एक मन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विदेशमन्त्री अली साब्रीले ‘कूटनीतिक सञ्जाल’ बाट आफूहरूले राजापाक्ष स्वदेश फर्किने सम्बन्धी जानकारी पाएको सिएनएनलाई बताएका […]

सम्बन्धित सामग्री

स्वदेश फर्किदै गोटाबाया राजापाक्षे

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डबाट स्वदेश फर्किने अन्तिम तयारी गरेको  श्रीलंकाका  सञ्चार माध्यमहरुले जनाएका छन् । टापु देश श्रीलंकाको सबैभन्दा खराब आर्थिक संकटका कारण सरकारविरुद्ध विद्रोह भएपछि देश छोडेर भागेका राजापाक्षे शनिबार स्वदेश फर्किन सक्ने डेली मिररले जनाएको छ । कोलम्बोको राष्ट्रपति भवन र राजधानीका अन्य धेरै सरकारी भवनहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए । श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स गएका पूर्व