नेपाली क्रिकेट टोली भोली स्वदेश फर्किँदै

काठमाडौं । पाकिस्तान र श्रीलंकामा जारी एसिया कप–२०२३ को समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टिम भोली स्वदेश फर्किने भएको छ । नेपाली टोली बुधबार दिउँसो साढे १२ बजे श्रीलंकन एयलाइन्सबाट नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । पहिलो पटक एसिया कप खेलेको नेपाली टोलीले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ । […]