२६ मंसिर, काठमाडौं । नेकपा माओवादी निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालले न्यूनतम पारिश्रमिक बढाउन माग गरेको छ । मूल्यवृद्धि बढिरहेको बेला वर्षौंअघि तोकिएको न्यूनतम पारिश्रमिक असान्दर्भिक भइसकेको भन्दै त्यसलाई बढाउनु पर्ने प्रेस सेन्टरको माग छ । ललितपुरको हिरिसिद्धीमा बसेको पदाधिकारी बैठकको निर्णयमा लेखिएको छ, ‘सरकारले आम कर्मचारीहरुको तलब वृद्धि गरेको तथा मुद्रास्फितिसमेत निरन्तर बढिरहेको […]