अति प्रभावित देशहरुमा कोरोनाको नयाँ लहरकाे प्रभाव, फ्रान्समा तेस्रो लहरको सङ्केत

काठमाण्डाै - कोरोना भाइरसका कारण अति प्रभावित देशहरुमा नयाँ भेरियन्टका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ । सबैभन्दा धेरै भारतमा हरेक दिन सङ्क्रमण दर उच्च भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ५४ हजार ५ सय ३१ जना सङ्क्रमित थपिएका छन् भने २ हजार ८ सय ६ जनाको ज्यान गएको छ । भारतको महाराष्ट्र, नयाँ दिल्लीलगायत ठाउँहरुमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । ती राज्यहरुमा सङ्क्रमित राख्ने शैया र अक्सिजन अभाव भएको छ । यस्तै कोरोनाले धेरै प्रभावित देश फ्रान्समा कोरोनाको तेस्रो लहरको शंका गरिएको छ । कोरोना...