कास्की एमाले अधिवेशन : जिल्ला नेतृत्वका लागि मतदान सकियो, आजै मतगणना

नेपाल कम्युनिस्ट पार्टी एमाले कास्कीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा ९७.५ प्रतिशत मत खसेको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशन अन्तरगत मंगलबार भएको निर्वाचनमा ९१९ सदस्यमध्ये ८९६ जनाले मतदान गरेको निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए ।बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न सकिएको थियो । एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएका छन् । केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थनमा मनबहादुर गुरुङ उम्मेदवार बनेका छन् भने अर्का संगठन विभाग प्रमुख खगराज अध