पानीभित्र सुन्दरीको ‘पोज’

वेभ सीरीज ‘सेक्रेड गेम्स’ की अभिनेत्री कुब्रा सैतको नयाँ फोटोशुट चर्चामा आएको छ । कुब्राले स्विमिङ पुलमा फोटोशुट गराएकी छन् । उनको यो फोटोशुटलाई सामाजिक सञ्जालमा धेरै नै चर्चा गरिएको छ । फोटोशुटमा कुब्राले पानीभित्र आफूले आफूलाई चुम्बन गरिरहेको तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिर खिचेर यसरी जोडिएको छ कि उनले आफूले आफूलाई चुम्बन गरिरहेकी छन् । उनले सन् २०११ मा सलमान खानको ‘रेडी’ बाट फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । तर उनलाई वेभ सीरीजबाट सफलता मिलेको हो ।