सुरु भयो मेहेन्दी, पहेँलो हरियो चुरा-पोतेको मौसम (फोटोफिचर)

साउन सुरु भएसँगै बजारमा हातमा मेहेन्दी लगाउने र पहेँलो र हरियो चुरा- पोते किन्नेको भीड लागेको छ । भगवान् शिवको आराधना गरिने साउन महिनाभर विवाहित महिलाले रातो, हरियो र पहेँलो चुरा र पोते लगाउँछन् भने अविवाहितले हरियो र पहेँलो चुरा-पोते तथा हातमा मेहेन्दी लगाउने गर्छन् ।पोते र मेहेन्दी लगायो भने पतिको दीर्घायु बढ्छ भन्ने विश्वास छ । 'अविवाहितहरूले भने शिव जस्तै पति पाउँछन् भन्ने जनविश्वास रहेको छ त्यसैले म पनि मेरो पतिको दीर्घायु र स्वास्थ्यको कामना गर्दै साउन महिनाको सोमबार व्रत बस्ने छु