नेकपा एमालेको दशौं महाधिवेशन नेतृत्व चयनको चरणमा प्रवेश गर्न लाग्दा केपी शर्मा ओलीको पक्षमा नाराबाजी शुरू भएको छ ।
आइतवार राति ओली बन्दसत्र हलमा प्रवेश गर्दा कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गरेका हुन् ।
‘केपी ओली वीइ लभ यू’ भन्दै कार्यकर्ताले नाराबाजी गरेका छन् ।
उनीहरुले पार्टीको नेतृत्व सर्वसम्मतिले चयन गर्नुपर्ने माग राखेका छन् ।
ओली बन्दसत्र हलमा प्रवेश गरेपछि बन्दसत्र शुरू हुने तरखर शुरू भएको छ ।