संक्रमण बढिरहे माघ १५ पछि पनि स्कुल नखुल्ने, कोर्स सकिनेमा आशंका

काठमाडौं : सरकारले नेपालमा कोरोना संक्रमण तीव्र गतिमा बढेपछि संक्रमण नियन्त्रणमा लिन सबै शैक्षिक संस्थाको पठनपाठन माघ १५ सम्म बन्द गरेको छ।संक्रमण घटेमा माघ १५ पछि विद्यालय खोल्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको योजना थियो।तर, संक्रमण न्यून हुनुभन्दा पनि झन्‌‍झन्‌ उकालो लागेको छ। बुधबार ११ हजार ३ सय ५२ जना संक्रमित भेटिए। बिहीबार झनै बढ्यो, देशभर एकैदिन १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भयो।माघ दोस्रो सातादेखि तेस्रो सातासम्ममा संक्रमितको सं