निर्माण व्यवसायी महासंघले गर्यो बजेटको स्वागत

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ। महासंघले एक विज्ञप्ती निकाल्दै बजेटलाई सकारात्मक भनेको हो। विज्ञप्तीमा भनिएको छ, ‘बजेटमा हामीले उठाउँदै आएका सकारात्मक मागहरु समेटिएको छ।’ बजेटले निर्माण कार्यको म्याद ६ महिना थप्ने, बैंक जमानत पेश गरेपछि ५० प्रतिशत धरौटी रकम फिर्ता गर्ने लगायतका विषय सम्बोधन गरेको छ।

सम्बन्धित सामग्री

एफक्यानद्वारा बजेटको स्वागत

कोभिड–१९ को महामारीबीच जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले सकारात्मक भनेको छ ।महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति जारी गर्दै बजेट वक्तव्यमार्फत् महासंघले लामो समय अघिदेखि उठाउँदै आएका केही महत्वपूर्ण माग सम्बोधन भएको जनाएका छन् । महासंघले मागहरूको अक्षरशः कार्यान्वयनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण […]