कर्णालीका विभिन्न संस्थालाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले स्थापनाको १५ औं वार्षिकोत्सव अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताललगायत संस्थालाई ९ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । आउँदो वैशाख ७ गते १५ औं वार्षिकोत्सव मनाउन लागेको बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको हो । बैंकले जाजरकोटको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, सीमकोटको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय, डोल्पाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगुको महाकाली मोडल हाइस्कुल तथा नेपाल राष्ट्रिय आधारभूत स्कुल बालमन्दिर प्रत्येकलाई ५० हजार उपलब्ध गराएको छ । यस्तै, जुम्लाको जनता माध्यमिक विद्यालय (प्राविधिक धार) लाई १ लाख र र हुम्लाको लालीगुराँस मावि, श्रीकोट मावि तथा हिमज्योति मावि प्रत्येकलाई ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरिएको बैंकले बताएको छ । विद्यालयलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन आर्थिक सहयोग उपलब्ध गराइएको बैंकको भनाइ छ । बैंकले हुम्लाको हिमालयन चिल्ड्रेन सोसाइटी, कैलाश मानसरोवर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेतको साझा घर प्रत्येकलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल बैंकले बेबी लाइफ होमलाई आर्थिक सहयोग गरेको छ ।करिब एक दशकदेखि एचआईभी संक्रमित बालबालिकाको संरक्षण गर्दै आएको बेबी लाइफ होमलाई बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख रुपैयाँ सहयोग गरेको हो । बैंकले आफ्नो पन्ध्रौँ वार्षिक उत्सव ७ वैशाखमा मनाउँदैछ । सोही उपलक्ष्यमा सो संस्थालाई आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।बेबीलाइफ […]

सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्धाश्रम, अस्पताल लगायत संस्थामा नौ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।...