निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारको नामावली प्रकाशन गरेको हो । आयोगले प्रतिनिधि सभातर्फका २ हजार ५ सय ३१ उम्मेदवारको नामावली प्रकाशन गरेको छ । सोमबार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले नामावली सार्वजनिक गरेको हो ।यस्तै आयोगले बुधवार बिहान १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरेको छ । बुधवार ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि