तोरी फुलेर पहेँलपुर म्याग्दीको रत्नेचौर (फोटो फिचर)

म्याग्दी – तोरीको फूलमा बसेर भमरा र मौरीले रस चुसिरहेका छन् । बारीको छेउकुना तथा सडकको दायाँ बायाँ मानिसहरु भुलिरहेका छन् । म्याग्दीको रत्नेचौर अहिले पहेँलपुर भएको छ । कठ्याङ्ग्रिने माघको चिसो मौसममा बारीभरि फुलेको तोरीले त्यहाँ जाने जो कोहीको थकान भुलाइदिन्छ । चिसो छल्न र थकान मेटाउन अचेल आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ रत्नेचौरमा । उत्तरतर्फ फर्किएर हेर्दा मनोरम हिमश्रृङ्खला देखिन्छ । पूर्वतिर मोहडा भएको र सम्म परेको फाँटमा पँहेलै तोरी फुलेको छ । गाउँको बीचमा पर्ने बेनी–बागलुुङ सडकखण्ड अनर्त...