१५ सय घर डुबानमा, साढे ३ सय परिवार विस्थापित

– चुरे तथा मध्य पहाडी क्षेत्रमा भएको अविरल वर्षासँगै सप्तरीका खाँडोे, जिता, कोसी लगायतका नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेग जलमग्न भएको छ । बाढीका कारण तिलाठी–कोइलाडी गाउँपालिकाको कुसहा, कोबर्साइन, बनरझुला, तिलाठी, बेल्ही तथा हनुमाननगर कंकालनी नगरपालिकाको रम्पुरालगायतका बस्ती प्रभावित भएका छन्।