आचारसंहिताको गम्भीर उल्लंघन पाइए जरिवाना र कारबाही हुन्छ  : आयुक्त भण्डारी

वैशाख २९, काठमाडौं । निर्वाचन आयोगले शुक्रवार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि शुरुभएको मौन अवधिका लागि थप कडाइ गरिएको हो ।            यस अवधिमा आफ्ना पक्षका उम्मेदवारलाई सामाजिक सञ्जालबाट मत मागेको विषयमा नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र) का बाग्मती प्रदेश कमिटी सदस्य गङ्गा दाहाललाई आचारसंहिता उल्लंघनन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा आयोगले वैशाख २८ गते २४ घण्टे स्पष्टीकरण सोधेको छ ।            आयोगले आचारसंहिताविपरीत दल र उम्मेदवार तथा अन्य पक्षले गर्न सक्ने क्रियाकलापको अनुगमनका लागि विभिन्न तहमा संरचना बनाएको छ । आयोगका अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगममन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तहको आचारसंहिता अनुगमन समितिको प्रबन्ध गरिएको छ । सहायक निर्वाचन अधिकृतलाई अनुगमन अधिकृत तोकेको छ । यी संरचनाका अतिरिक्त विशेष संवेदनशील मानिएका जिल्ला र पालिकामा विशेष अनुगमनका लागि अधिकार प्रत्योजनसहित १७ ओटा विशेष अनुगमन टोली खटाइएको छ । सो टोलीले आचारसंहिताविपरीत दल र उम्मेदवारले झण्डा, गाडी प्रयोग गरेमा, अनाधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउनेछ । आयोगले आचारसंहिता कार्यान्वयन भएयता विभिन्न पार्टीका शीर्ष नेता, मुख्यमन्त्री, उम्मेदवार, सरकारी ओहोदामा रहेका व्यक्ति, पत्रकारका सङ्गठन र सञ्चारमाध्यमलाई गरी करीब १०० ओटा स्पष्टीकरण सोधको छ ।             त्यसमध्ये केहीलाई ध्यानाकर्षण र सचेत गराइएको छ भने अनुगमन र छानविनको क्रम जारी राखेको छ । आयोगमा अनुगमन हेर्ने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति गठन गरिएको छ । आयुक्त भण्डारीले हालसम्मको जानकारीमा उम्मेदवारले दिएका द्वेशपूर्ण अभिव्यक्ति दिएको, सञ्चारमाध्यम र पत्रकारले पालना गर्नुपर्ने आचरण पालना नगरेको, निर्वाचन प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको, आर्थिक प्रलोभन देखाइएको, कतिपय सरकारी कर्मचारीले कुनै दलको पक्षधरता देखाएको जस्ता प्रकृतिका उजुरी प्राप्त भएको भएको बताए।            आचारसंहिता उलङ्घन गर्नेलाई आयोगले स्पष्टीकरण मात्र सोध्ने हो कि अन्य कारबाही पनि गर्ने हो रु भन्ने प्रश्नमा आयुक्त भण्डारीले भन्नुभयो, “प्राकृतिक न्यायका आधारमा उलङ्घनकर्ता वा त्यसको आरोप लागेका व्यक्तिलाई सफाइको मौका दिनका लागि पनि स्पष्टीकरण सोध्नुपर्ने हुन्छ । प्राप्त जवाफ र तथ्य, प्रमाणका आधारमा सामान्य घटना भएमा तामेलीमा राख्ने, गल्ती गरेको अवस्थामा जवाफकर्ताले आत्मालोचना गरेमा वा गल्ती नगर्ने प्रतिबद्धता जनाएमा सचेत गराउने कारबाही हुन्छ ।            गम्भीर प्रकृतिको उलङ्घन भएको पाइएमा जरिवाना र अन्य कारबाहीबारे निर्णय गरिन्छ । भण्डारीका अनुसार आचारसंहिता सबैका लागि उत्तिकै लागू हुने र आयोगको स्रोत साधनले सबैतिर अनुगमन गर्न पहुँच नपुगेको हुन सक्ने भएकाले यसमा सचेत नागरिक, जिम्मेवार सबै पक्षले सघाउनुपर्छ ।        मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षित रुपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किनसक्ने बातावरण निर्माण गर्न आयोगले आह्वान गरेको छ ।            सो अवधिमा मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशनसमेत दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सृजना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ ।             मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन हुँदैन । रासस

सम्बन्धित सामग्री

नापतौल यन्त्र ठगी गर्नेलाई जरिवाना

बागमती – नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिवाना गरिएको छ। नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको जाँच नगराउने सात सय ८६ व्यवसायी तथा उद्योगीलाई कारबाही स्वरुप जरिवाना गरिएको हो। गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको सात महिनामा सो कारबाही  गरेको जनाएको छ। सो कार्यालयवाट विभिन्न समयमा बजार […]

राति फोहोर फाल्नेमाथि महानगरको कारबाही, ३ महिनामा ४ लाख रुपैयाँ जरिवाना असुल

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई कारबाही गरी पछिल्लो तीन महिनामा ४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ । घरको फोहोर राति लगेर सार्वजनिक ठाउँमा फाल्नेलाई कारबाही गरी ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको महानगरपालिकाले जनाएको छ । वातावरण र कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा एक लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा एक लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायब उपरीक्षक पूर्णच...

विराटनगर महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने

विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका कर्मचारीसमेतको उपस्थितिमा भएको बैठकले जथाभावी फोहोर गर्नेलाई कारबाही तथा जरिवानाका लागि सम्बन्धित व्यक्तिलाई अख्तियारीसमेत दिएको छ । उत्तरी क्षेत्रका लागि हीरालाल यादव, मध्य […]

जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ जनालाई कारबाही र जरिवाना गरिने

बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ । सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण […]

१२ सय फर्मलाई कारबाही, एक करोड ५० लाख बढी जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको ११ महिनामा १२०१ फर्मलाई कारबाही गरेको छ । कारबाहीबाट एक करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना संकलन भएको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए । चालु आवको हालसम्म २ हजार ७ सय १३ फर्ममा अनुगमन गर्दा १२ सय एक फर्मलाई कारबाही […]

ट्राफिक नियम उल्लंघन गरेपछि अल्लु अर्जुनलाई जरिवाना

हैदरावाद प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सेलेब्रिटीलाई जरिवाना लगाएर कारबाही गरिरहेको छ ।

अब सवारी चालकले कारबाही परेको स्थानमै जरिवाना तिर्न पाउने

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेन्ट सिस्टम’ को सुरुवात गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाटै जरिवाना रकम तिर्ने व्यवस्थाको सुरुवात गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सन्जिव शर्मा दासले ट्राफिक सेवा आधुनिक र प्रविधियुक्त हुँदै गएको बताए […]

चितवनमा ६ मेडिकललाई कारबाही, तीन लाखसम्म जरिवाना

चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ। भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ।

इङल्यान्डमाथि युईएफएद्वारा कारबाही, २६ हजार पाउन्ड जरिवाना

सेमिफाइनल खेलमा डेनमार्कका गोलकिपर कास्पर स्माइकललाई ताकेर एक इंलिस समर्थकले लेजर लाइट देखाएका थिए । यस घटनामा इङ्ग्ल्यान्डमाथि कारबाही भएको छ । युइएफएले इङ्ग्ल्यान्डलाई २६ हजार पाउन्ड जरिवाना गरेको हो । स्माइकलले ह्यारी केनको पेनाल्टी रोक्ने तरखर गरिरहेका बेला उनका आँखामा पर्नेगरी लेजर लाईट ताकिएको थियो । त्यसका बाबजुद स्माइकलले पेनाल्टी जोगाएपनि रिबाउन्डमा केनले गोल गरेर २–१ को जित दिलाउँदै इङ्ग्ल्यान्डलाई फाइनलमा पुर्याए । यही खेलको सुरुमा डेनमार्कको राष्ट्रिय गान बज्दा पनि इं

निषेधाज्ञामा ९७ व्यवसायी फर्मलाई कारबाही, १४ लाख जरिवाना

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको अवधिमा उपभोक्ता विपरीतका गतिविधि गरी ठगी गरेको आरोपमा ९७ व्यवसायी फर्मलाई कारबाही गरिएको छ ।वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले निषेधाज्ञाको अवधिमा उपभोक्ता ठगीको आरोपमा ९७ व्यवसायीलाई कारबाही गरेको हो । ती फर्मलाई कारबाही गरी १३ लाख ९६ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ । […]