पाँच दिनमा तालिबानद्वारा ८ वटा प्रान्तीय राजधानी कब्जा

अलजजिरा।तालिबानले अफगानिस्तानका थप दुईवटा प्रान्तीय राजधानी कब्जा गरेका छन्।योसँगै पछिल्लो पाँच दिनमा तालिबानले ८ वटा प्रान्तीय राजधानीमाथि कब्जा जमाइसकेका छन्।मंगलबार दक्षिणपश्चिम प्रान्तको फराह सहर र बाघलान प्रान्तको पुल–ए–खुम्री तालिबानले कब्जा गरेका हुन्।उनीहरुले प्रान्तीय राजधानीमा रहेका सम्पूर्ण सरकारी कार्यालयमा कब्जा जमाएको स्थानीयले बताएका छन।अफगानिस्तानका अधिकांश ग्रामीण क्षेत्र कब्जा गरेपछि पछिल्ला दिनमा तालिबान समूह प्रान्तीय राजधानी कब्जा गर्नेतर्फ अघि बढेको छ।