ओलीको चेतावनी : वडा कमिटीमा ३९ जना बस्ने, भोट २४ ले मात्रै हाल्ने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी बहन गर्न छोडेको भन्दै कार्यकर्ताहरूलाई इमान नगुमाउन चेतावनी दिएका छन् । बुधबार एमाले वागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गत निर्वाचन परिणामको एक उदाहरण दिँदै कार्यकर्तामा इमानभन्दा बढि बेइमानी बढेको देखिएको बताए । ‘सामूहिक निर्णय हुन छोडेको छ, व्यक्तिगत जिम्मेवारी बहन हुन छोडेको छ’, ओलीले भने, ‘एउटा पालिकाको एउटा वडामा त्यहाँ वडा कमिटी छ, जनसंगठन सबै छन् । वडा