नेपाली काँग्रेसले डडेल्धुरामा एमालेसँग तालमेल गरी उम्मेदवारी दर्ता गराएका पार्टीका नेता–कार्यकर्तालाई मनोनयन फिर्ता लिन आग्रह गरेको छ । मंगलबार पूर्व जिल्ला सभापति कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासित गरेको काँग्रेसले बागी उम्मेदवारलाई मनोनयन फिर्ताको चेतावनी दिएको छ । नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले डडेल्धुराका बागी उम्मेदवारलाई यही १६ गतेभित्र उम्मेदवारी फिर्ता लिन पार्टी नेतृत्वले आग्रह गरिसकेको रातोपाटीलाई बताए । उनले भने, ‘उहाँहरुले मनोनयन दर्ता गर्नुभएको