साउन ४, काठमाडौं । सामलिङ पावर कम्पनीले आईपीअो निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले आईपीओे निष्कासन गर्न असार ३१ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । अब कम्पनीले बोर्डबाट अनुमति पाएसँगै १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।
उक्त कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणका लागि थप पूँजी जुटाउन कम्पनीले आईपीओ जारी गर्न लागेको हो ।