नाडाद्वारा कोभिड- १९ विरुद्धको खोप यथाशक्य चाँडो उपलब्ध गराउन माग

असार १४, काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सोमवार अपिल जारी गर्दै अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस व्यवसायमा संलग्न व्यवसायी, कर्मचारी, टेक्निसियन र  मजदूरहरुका लागि खोप उपलब्ध गराउन माग गरेका हुन् । नाडाले कोरोना महामारीबाट बच्न सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको सन्दर्भमा हाल निषेधाज्ञालाई केही खुकुलो पार्दे लगेता पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र मजदूरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा व्यवसायमा संलग्न भई आफनो कार्यमा लाग्नु उच्च जोखिम  भएको बताएको छ । साथै उसले कोभिड खोप यथाशक्य छिटो उपलब्ध गराउन पनि सरकारलाई  भनेको छ ।