ठाउँठाउँमा विप्लव कार्यकर्ताको उम्मेदवारी, फिर्ता लिन असन्तुष्ट पक्षको अपिल

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कतिपय स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्। यसरी पार्टीका कार्यकर्ताहरुले नै उम्मेदवारी दर्ता गरेसँगै पार्टीभित्र विवाद झन् चुलिन थालेको छ।  महासचिव विप्लव र सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले कार्यकर्ताहरुलाई उम्मेदवारी दर्ता गराउन भित्री रुपमा अनुमति दिए पनि पार्टीका अर्का…