न्युजिल्यान्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

काठमाण्डाै – न्युजिल्यान्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।  नवलपुरको कावासोतीका विकास जोशी र तनँहुको रिसिङका अमृत चन्दलाई कामदार भिसामा न्युजिल्यान्ड पठाइदिने भन्दै दुई जनाबाट १५/१५ लाख रुपैयाँका दरले रकम लिएर भागेका काठमाण्डौ स्युचाटारका विकास खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका खत्रीले न्युजिल्यान्डमा मासिक साढे २ लाख रुपैयाँ तलबको जागिर लगाइदिने भन्दै पैसा असुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ प...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।