गठबन्धनमा विश्वास कायम नभएको भन्दै इटालीका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं : गठबन्धनका सहयोगी पार्टीले समर्थन फिर्ता लिएपछि इटलीका प्रधानमन्त्री मारियो ड्रघीले राजीनामा दिएका छन्।   युरोपेली सेन्ट्रल बैंकका पूर्व प्रमुखसमेत रहेका ड्रघीले इटलीमा २०२१ को फेब्रुअरीदेखि सत्ताको नेतृत्व गरेका थिए।  राजीनामासँगैको एउटा विज्ञप्तिमा ड्रघीले गठबन्धनमा विश्वास कायम राख्न नसकेको उल्लेख गरेका छन्।  तर राष्ट्रपतिले भने प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेका छन्।  राष्ट्रपति सर्जियो मटेरेलाले ड्रघीलाई कोभिडले आक्रान्त बनेको इटलीला