३१ जनामा हैजा पुष्टि, १५–२४ वर्ष उमेर समूहका ९ जनामा संक्रमण

नेपालमा पछिल्लो पटक संक्रमण देखिएका हैजाका बिरामीको संख्या ३१ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासँगै आसपासका जिल्लामा समेत हैजा बिरामी पुष्टि भएका हुन् ।  काठमाडौंमा गत असार दुई गते पहिलो पटक हैजा देखिएको थियो । हालसम्म हैजा पुष्टि हुनेहरु चार वर्षदेखि ७४ वर्ष उमेर समूहका रहेका छन् । सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका छन् ।  यस्तै ६ जना बालबालिकामा पनि हैजा पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये तीन जनाको अस्पत

सम्बन्धित सामग्री

कैलालीकी एक महिलामा हैजा पुष्टि

धनगढी– कैलालीकी एक महिलामा हैजाको संक्रमण फेला परेको छ। भदौ १० गते सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा परीक्षण गर्दा एक महिलामा हैजाको संक्रमण देखा परेको हो। स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजविक्रम शाहीका अनुसार गौरीगङ्गा नगरपालिका-११ मसुरियाकी ३३ वर्षीया महिलामा हैजाको संक्रमण देखिएको हो।  ती महिला भारतको दिल्लीबाट भदौ ५ गते […]

काठमाडौँ उपत्यकामा ४२ जनामा हैजा पुष्टि

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा हालसम्म ४२ जनामा हैजा पुष्टि भएको जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३ जनामा हैजा देखिएसँगै संक्रमित संख्या ४२ पुगेको हो । मन्त्रालयका अनुसार ताहाचल, टेकु र त्रिपुरेश्वरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । हाल तीन जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ४२ जनामा हैजा पुष्टि

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म ४२ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप तीन जनामा हैजा देखिएसँगै संक्रमित संख्या ४२ पुगेको हो । मन्त्रालयका अनुसार ताहाचल, टेकु र त्रिपुरेश्वरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । हाल तीन जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । […]

हैजा संक्रमितको सङ्ख्या ३७ पुग्यो

नेपालमा हैजा संक्रमितको सङ्ख्या ३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमा १५ देखि २४ वर्ष उमेर समूहका धेरै छन् ।मन्त्रालयले जनाएअनुसार १५ देखि २४ उमेर समूहका ६ पुरुष र ४ महिला गरी १० जनामा हैजा संक्रमण पुष्टि भएको छ । १४ वर्षभन्दा कम उमेर समूहका ७ जनामा हैजा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यस्तै,  २५ वर्षदेखि ३४ वर्षसम्मका ४ जना महिला र २ जना पुरुषमा हैजा पुष्टि भएको छ । हाल ३ जना हैजाका बिरामी उपचाररत रहेको पनि मन्त्रालयले जनाएको छ । यस वर्ष असार २ गते पहिलो पटक

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि

काठमाडौंमा थप दुई जनामा  हैजा पुष्टि भएको छ।  चार र पाँच वर्षका बालकमा हैजा संक्रमण पुष्टि भएको हो । कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।  निर्देशक डा अनुसार काठमाडौं उपत्यकामा हैजा बिरामी १९ जना पुगको छन् ।

काठमाडौँमा थप दुई जनामा हैजा संक्रमण

काठमाडौँमा उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए।...

आज पनि ४ जनामा हैजा पुष्टि

काठमाडौं : काठमाडौं उपत्यकामा आज थप ४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। योसँगै १२ जनामा हैजाको पुष्टि भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थाहाखबरलाई बताए।पछि थपिएका २ जनाको पाटन अस्पताल र १ जनाको स्टार अस्पतालमा उपचार भइरहेको जानकारी दासले दिए। पछिल्लो समय नैकापका बिरामीको आरडिटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चर रिपोर्ट पनि पोजेटिभ देखिएको छ। निर्देशक डा. दासका अनुसार  काठमाडौं उपत्यकाका बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट र नै

थप २ जनामा हैजा संक्रमण

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको छ । अस्पताल स्रोतका अनुसार सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको हो । सानेपामा बस्ने व्यक्ति पसल सञ्चालन गरेर बसेका छन् भने सिन्धुपाल्चोकका किसान हुन् ।

राजधानीमा फेरि देखियो हैजा,  दुई बिरामीको आइसियूमा उपचार हुँदै

राजधानीमै हैजाको संक्रमण पनि पुष्टि भएको छ । दोलखा घर भई बागबजार बस्दै आएका दिदी–बहिनीलाई हैजा पुष्टि भएको छ । बुधबार चटपटे खाएका उनीहरूलाई साँझबाट झाडापखाला सुरु भएको थियो । उपचारका लागि मोडल...