बंगलादेशसँगको व्यापार

व्यापार विविधीकरणको नीतिअनुसार नेपालले बंगलादेशसँग पनि द्विपक्षीय व्यापार शुरू गरेको हो । ऊसँग बचतमा रहेको व्यापार अहिले कैयौं गुणा घाटामा जान थालेको छ । यसले नेपालको उत्पादन क्षमता कमजोर हुँदै गएको र निर्यात क्षमता गुमाउँदै गएको तथ्यलाई देखाउँछ । यसो हुनुमा एकातिर नेपालको आन्तरिक कमजोरी कारण देखिन्छ भने अर्कातर्फ बंगलादेशले नेपाली सामानको आयातमा बढी शुल्क लिनु पनि कारण देखिन्छ । कारण जे भए पनि सरकारले बंंगलादेशमा निर्यात हुन सक्ने वस्तु खोजी तिनको उत्पादन बढाएर निर्यात बढाउनुपर्ने देखिन्छ । किनकि दूरीलगायत विभिन्न कारणले बंगलादेश नेपालका लागि व्यापार गर्न सजिलो हुने मुलुकमा पर्छ ।  नेपालले बंगलादेशसँगको व्यापारमा बचत गर्न नसके पनि आयातकै हाराहारीमा निर्यात गर्न सक्ने हो भने पनि निकै लाभ हुन्छ । नेपालले टाकामा तिर्ने र उसले नेरूमा भुक्तानी गर्ने व्यवस्था मिलाउन सकिन्छ । यसो गर्दा दुवैको विदेशी विनिमय सञ्चितिमा दबाब पनि कम पर्छ ।  नेपाल–बंगलादेश व्यापारको २५ वर्षे अवधिमा कुनै बेला नेपालले १ अर्बभन्दा बढीको मुसुरो मात्रै निर्यात गरेको देखिन्छ । तर, जब मुसुरो निर्यात घट्न थाल्यो बंगलादेशसँगको व्यापारघाटा पनि बढ्न थाल्यो । उताबाट आउने वस्तुका प्रकार र परिमाण बढेको बढ्यै पाइन्छ भने यताबाट जाने वस्तु भने बढ्न सकेको छैन । मुसुरो निर्यातमा भने विवाद पाइन्छ । नेपालले तेस्रो मुलुकबाट आयात गरेर बंगलादेशमा निर्यात गरेको एकथरीको दाबी छ । त्यसैले अहिले यसको निर्यात विगतको दाँजोमा नाममात्रको भएको हो भनिन्छ । तर, अर्को तथ्य के पनि हो भने नेपालमा मुसुरोको उत्पादन घटेको छ । उत्पादन घटेपछि निर्यात घट्नु स्वाभाविक हो । त्यसैले नेपालले निर्यात सम्भावना भएका वस्तुहरूको उत्पादन र निर्यातमा जोड दिनु आवश्यक छ ।  बंगलादेश तीव्र गतिमा आर्थिक वृद्धिदर प्राप्त गरिरहेको देश हो । त्यहाँ नयाँनयाँ उद्योग खुलिरहेका छन् भने उसको उत्पादन र अर्थतन्त्रको आकार पनि निकै बढिरहेको छ । त्यसो हुँदा त्यताको सामान आयात बढी हुनु अन्यथा होइन । तर, नेपालले जसरी त्यताबाट सहज रूपमा सामान आउन दिइरहेको छ त्यसैगरी नेपाली उत्पादन त्यता जान भने सकेको छैन । गैरभन्सार शुल्क बढी भएकाले नेपाली कृषि उत्पादन निर्यात गर्न कठिन भएको भन्ने व्यवसायीको भनाइ छ । यसमा सरकारले बंगलादेशसँग स्पष्टसँग कुरा राख्न सक्नुपर्छ । १ सय ८ वस्तुलाई बंगलादेशमा भन्साररहित प्रवेश दिने र नेपालले ५० ओटा वस्तुलाई त्यस्तै सुविधा दिने विषयमा छलफल भए पनि निर्णय हुन सकेन । नेपालबाट अदुवा, अम्रिसो, जडीबुटीलगायत वस्तु बंगलादेशमा निर्यातको राम्रो सम्भावना छ । त्यस्तै कार्पेटको बजार पनि राम्रो देखिन्छ । यी वस्तु सहज रूपमा प्रवेश पाउने हो भने नेपालको निर्यात बढ्न सक्छ ।  अर्को, बंगलादेशलाई ऊर्जाको ठूलो आवश्यकता छ । उसले नेपालको जलविद्युत् खरीद गर्ने र यसमा लगानी गर्ने चाहनासमेत देखाएको छ । यस्तोमा नेपालले ठूलो परिमाणमा बिजुली निर्यात गर्न सक्यो भने व्यापारघाटा कम गर्न सहयोग मिल्ने देखिन्छ । त्यस्तै नेपालमा उत्पादन भइरहेका वस्तु उताबाट ल्याउँदा भन्सार लगाउन सकिन्छ । त्यसले यस्ता वस्तुको आयात कम हुन सक्छ ।  नेपालले बंगलादेशसँगको व्यापारमा बचत गर्न नसके पनि आयातकै हाराहारीमा निर्यात गर्न सक्ने हो भने पनि निकै लाभ हुन्छ । नेपालले टाकामा तिर्ने र उसले नेरूमा भुक्तानी गर्ने व्यवस्था मिलाउन सकिन्छ । यसो गर्दा दुवैको विदेशी विनिमय सञ्चितिमा दबाब पनि कम पर्छ । त्यसैले नेपालले बंगलादेशमा निर्यात हुन सक्ने वस्तुको उत्पादन बढी गर्नुपर्छ । त्यस्तै निर्यात सहजीकरणका लागि बंगलादेशसँग व्यापार सम्झौता गर्दा दुवै पक्षलाई समान रूपमा लाभ हुने खालको  प्रावधान राखिनुपर्छ ।  निर्यात प्रोत्साहनका लागि सरकारले सहयोग नगरेको व्यवसायीको भनाइ छ । उल्टै निर्यातमा कर लगाएको आरोपसमेत छ । बंगलादेशले नेपालबाट आयात हुने वस्तुमा उच्च भन्सार कर लगाएको छ । त्यस्तै गैरभन्सार कर पनि छ । निर्यात सम्भावना भएका नेपालका वस्तुलाई उसले २५ प्रतिशतसम्म भन्सार लगाएको छ । यस्तो शुल्क हटाउन नेपालले पहल गर्नुपर्छ । दुवै देशले भन्सारमा समानता कायम गर्ने हो भने व्यापारमा सन्तुलन ल्याउन सहज हुन्छ । त्यसैले बंगलादेशमा निर्यात बढाउने कार्यमा ढिला गर्नु हुँदैन ।

सम्बन्धित सामग्री

चेम्बरले थाल्यो बंगलादेशसँगको व्यापार सहजीकरणका लागि पहल

नेपाल भ्रमणमा रहेका बंगलादेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकास मार्फत व्यवसायिक गतिविधि बढाउने सहमति भएको हो ।

बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसँग बिहीबार छलफल गरेको छ। नेपाल भ्रमणमा रहेका बंगलादेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकासमार्फत व्यावसायिक गतिविधि बढाउने सहमति भएको हो। नेपाल बंगलादेशबीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पूरा भएको सम्बन्धमा दुई राष्ट्रबीचका व्यावसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योगलगायत क्षेत्रमा सहकार्य गर्ने सहमति […]

बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसँग आज छलफल गरेको छ । नेपाल भ्रमणमा रहेका बंगलादेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकास मार्फत व्यवसायिक गतिविधी बढाउने सहमति भएको हो। नेपाल बंगलादेशबीचको कुटनीतिक सम्वन्ध ५० वर्ष पुरा भएको सम्वन्धमा दुई राष्ट्रबीचका व्यवसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योग लगायतका क्ष्ँेत्रमा […]

बंगलादेशसँगको व्यापार घाटा बढ्यो

पछिल्लो समय बंगलादेशसँगको व्यापार घाटा बढेर गएको छ । पूर्वी नाका काँकडभिट्टाबाट बंगलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको तथ्यांक मेची भन्सार कार्यालयले सार्वजनिक गरेसँगै बंगलादेशसँगको व्यापार घाटा बढेर गएको हो ।चालु आर्थिक वर्ष २०७८/०७९ मा बंगलादेशबाट ९ अर्ब ९० करोडको विभिन्न वस्तु आयात भएको र नेपालबाट ५३ करोडको मात्र विभिन्न वस्तु बंगलादेश निर्यात […]

बंगलादेशसँगको व्यापार घाटा बढ्यो

पछिल्लो समय बंगलादेशसँगको व्यापार घाटा बढेर गएको छ । पूर्वी नाका काँकडभिट्टाबाट बंगलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको तथ्यांक मेची भन्सार कार्यालयले सार्वजनिक गरेसँगै बंगलादेशसँगको व्यापार घाटा बढेर गएको हो ।चालु आर्थिक वर्ष २०७८-०७९ मा बंगलादेशबाट ९ अर्ब ९० करोडको विभिन्न वस्तु आयात भएको र नेपालबाट ५३ करोडको मात्र विभिन्न वस्तु बंगलादेश निर्यात […]

बंगलादेशसँगको व्यापार घाटा दुई गुना बढ्यो, पुग्यो १० अर्बभन्दा बढी

काठमाडौं। एक वर्षको अवधिमा बंगलादेशसँग नेपालको व्यापार घाटा दुई गुनाभन्दा बढीले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७÷७८मा नेपालको बंगलादेशसँग व्यापार घाटा १०अर्ब३लाख३४हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यो घाटा ४अर्ब३३करोड७२लाख४० हजार रुपैयाँ रहेको थियो। गत वर्ष बंगलादेशबाट नेपालमा १०अर्ब६७करोड४४लाख१४ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट बंगलादेश मात्र ६७करोड४०लाख८०हजार रुपैयाँको वस्तु गएको छ।

तीन दिनदेखि बंगलादेशसँगको व्यापार ठप्प

नेपाल–बंगलादेशको व्यापार तीन दिनयता ठप्प भएको छ । बंगलादेशमा कोरोना महामारी बढेपछि त्यसको असर

बंगलादेशसँगको व्यापार ठप्प

नेपाल-बंगलादेश व्यापारको एक मात्र नाका काँकडभिट्टाबाट दुई महिनादेखि व्यापार ठप्प छ । ११ चैतमा लकडाउन सुरु

बंगलादेशसँगको व्यापार घाटा चुलिँदै गएकोमा उद्योगीको चिन्ता

सरकारी नीतिकै कारण बंगलादेशसँगको व्यापार घाटा निकै बढेर गएको उद्योगी व्यवसायीहरूले बताएका छन् । ५ वर्षअघि अर्थात् सन् २०१४ सम्म नेपाल र बंगलादेशबीचको व्यापार सन्तुलित थियो । २०१४ भन्दा अघि नेपालसँग बंगलादेशको व्यापार घाटा थियो । बंगलादेशसँगको व्यापार सन्तुलन बिग्रँदै गएकोमा उद्योगीहरूले चिन्ता व्यक्त गरेका छन् । नेपालबाट आयात हुने वस्तुमा बंगलादेशले १ सय १० प्रतिशतसम्म भन्सार महसुल लिने गरेको छ । तर, बंगलादेशबाट आयात हुने वस्तुमा भने नेपाल ३० प्रतिशत मात्रै भन्सार लगाएको छ ।

बंगलादेशसँगको व्यापार निरन्तर ओरालो

नेपाल र बंगलादेशबीचको व्यापार अन्य छिमेकी देशको तुलनामा विगतमा सन्तुलित नै भए पनि हाल भने निकै घाटाको अवस्थामा छ । दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनसँग खर्बौंको व्यापारघाटा बेहोरिइरहेको नेपालले बंगलादेशसँगको व्यापारमा पनि सोही नियति भोग्न थालेको छ ।