गल्फ : भुवन र सुवासको अग्रता

भुवन नगरकोटी र पहिलो दिन अग्रस्थानमा रहेका एमेच्योर सुवास तामाङ मङ्गलबार भएको सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको सातौं स्पर्धा अन्तरगत दोस्रो दिनको समाप्तिमा बराबरी गर्दै पहिलो स्थानमा रहेका छन्। गोकर्ण गल्फ क्लबमा भएको खेलमा भुवनले आज बाह्र-अन्डर १३२ को कुल स्कोरका लागि ८-अन्डर ६४ को कार्ड खेले। त्यसैगरी सुवासले १२-अन्डर १३२ को कुल स्कोरको लागि चार-अन्डर ६८ को कार्ड खेले। १५ वर्षका एमेच्योर सद्भाव आचार्य र रमेश अधिकारी सात-अन्डर १३७ को कुल स्कोरका साथ तेस्रो स्थानमा रहे। सद्भावले तीन-