मास्क अनिवार्य गराउन सडकमा अनुगमन समिति

दोस्रो चरणको कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछि जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले अनुगमन समितिलाई सडकमा खटाएको छ ।  व्यवस्थापन केन्द्रको निर्देशन अनुसार अनुगमन समितिले आफ्नो सक्रियता बढाएको छ । अनुगमन टोलीका संयोजक रोमबहादुर महतका साथै केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट सहितको अनुगमन टोलीले बुधवारदेखि स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको छ ।  अनुगमन टोलीले वीरेन्द्रनगर बजारका प्रत्येक पसल पुगी बिक्रेता तथा ग्राहक, पैदलयात्रु,...