कीर्तिमानी आरोही महर्जन इलामको पर्यटन सद्भारवना दूत

इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त भएकी कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल र सद्भावना दूतमा नियुक्त विश्व कीर्तिमानी आरोही महर्जनले हस्ताक्षर गरेका हुन् । महर्जनले ९ जेठ २०७५ मा नेपालतिरबाट […]