काठमाण्डाै – प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । शुक्रवार विज्ञ समूह एमिकस क्युरीका सदस्य गीता पाठकले राय दिएपछि प्रतिनिधि सभा विघटन मुद्दामा बहस सकिएको हो ।
एमिकस क्युरीका पाँच जना सदस्यमध्ये बिहीवारसम्म बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले राय दिनुभएको थियो । एमिकस क्युरीका कार्की, खरेल र शाक्यले प्रतिनिधि सभा विघटनलाई गलत भनेका छन् भने मैनालीले प्रतिनिधि सभा विघटनको बचाउ गर्नुभएको छ ।
संवैधानिक इजलासको नेतृत्व गरिरहनुभएका प्रधा...