बेइजिङ ओलम्पिक: कोभिड र कूटनीतिक बहिष्कार चिर्दै एकध्रुवीय विश्व व्यवस्था पतनको सन्देश

शुक्रवार (४ फेब्रुअरी) देखि चीनको राजधानी बेइजिङमा शीतकालीन ओलम्पिक शुरू हुन गइरहेको छ । सन् २००८ मा ग्रीष्मकालीन ओलम्पिक आयोजना गरेको बेइजिङले १४ वर्षको अन्तरालमै शीतकालीन ओलम्पिक पनि आयोजना गरेर कीर्तिमान बनाएको छ ।  यस १४ वर्षमा चीनको राजनीति तथा रणनीतिमा आएको परिवर्तन रोमाञ्चक छ । सन् २००८ विश्व राजनीतिमा देखिन थालेको परिवर्तनको सूचक वर्ष हो । चीनका लागि भारतका पूर्व राजदूत विजय गोखलेका अनुसार, त्यस वर्ष दुईवटा महत्त्वपूर्ण घटना भए जसबाट चीन विश्व मञ्चमा सशक्त रूपमा उभिएको सन्देश गयो ।  पहिलो, तङ स्या...