काठमाडौं– सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा शुक्रबार बसेको हो । बैठकमा नवनियुक्त मन्त्री बालानन्द शर्मा लगायतका मन्त्रीहरु सहभागी छन् ।
काठमाडाैं। नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेका भन्दै आपत्ति जनाउनुभएको छ। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रम शिविरहरुमा प्रहरीहरुले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्ने चेष्टा गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । उहाँले […]
११ पुस, काठमाडौं । वर्तमान सरकारले संघीय सरकार मातहत ३६ करदाता सेवा कार्यालय खारेज गरी तीबाट भइरहेका काम स्थानीय तह र वैकल्पिक कार्यालयबाट हुने गरी हस्तान्तरण गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनालले गत बुधबार मोरङ केराबारी गाउँपालिकाबाट …
११ पुस, काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले २८ पुसभित्र विशेष महाधिवेशन हुनैपर्ने मागसहित केन्द्रीय कार्यालयमा स्मरणपत्र बुझाएका छन् ।
कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ गरिएको …
काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)को संरक्षण प्रयासको प्रशंसा गरेका छन् । उनले आज राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालय भ्रमणका क्रममा दशकौँदेखि वन्यजन्तु संरक्षण र प्राकृतिक पारिस्थितिक प्रणालीको पुनःस्थापनामा एनटिएनसीले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरे । मन्त्री चौलागाईंले एनटिएनसीका संरक्षण प्रयासको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा संस्थाले […]