परराष्ट्रमन्त्री खड्काद्वारा महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण

परराष्ट्रमन्त्री डा नारायण खड्काले महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । बेलायत पुगेर मन्त्री खड्काले महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।उनले आइतबार महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेर ल्यान्कास्टर हाउस वेस्ट मिनिस्टर हलमा शोक पुस्तिकामा हस्ताक्षर गरे । उनले नेपाल सरकार र जनताको तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर  गरेका हुन् । महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा सहभागी हुन्  मन्त्री खड्का शनिबार साँझ बेल

सम्बन्धित सामग्री

एनआरएनए यूकेद्वारा शोकसभा गरी बेलायतकी महारानीलाई श्रद्धाञ्जली

एनआरएनए यूकेले दिवंगत बेलायतकी महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञजली अर्पण गर्न शोकसभा गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा शोक सभा गरिएको हो । शोकसभामा स्वतस्फूर्त सहभागी भएका सर्वसाधारण तथा एनआरएनए अभियन्ताहरुले माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा दुई मिनेट मौनधारण गर्नुअघि १२ वर्षीया बालिका साइना राईले पाइपर …

महारानी एलिजाबेथको निधनप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रकट गर्नुभएको छ । उहाँले दिनुभएको शोक सन्देशमा महारानी एलिजाबेथले आफ्नो शासनकालमा शालिन र उच्च राजकीय मूल्य निर्वाह गर्नुभएको स्मरणीय छ भन्नुभएको छ । पूर्वराजा ज्ञानेन्द्रले महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त राजपरिवार, बेलायती सरकार एवं जनताप्रति समवेदन प्रकट गर्नुभएको छ …

महारानी एलिजाबेथको निधनप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले शुक्रबार दिएको शोक सन्देशमा महारानी एलिजाबेथले आफ्नो शासनकालमा शालिन र उच्च राजकीय मूल्य निर्वाह गरेको स्मरणीय उल्लेख गरेका हुन् ।पूर्वराजा ज्ञानेन्द्रले महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त राजपरिवार, बेलायती सरकार एवं जनताप्रति समवेदना प्रकट गरेका छन् ।

राष्ट्रपति भण्डारी र पूर्व राजाले दिए महारानी एलिजाबेथप्रति श्रद्धान्जली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारी बिहीबार लैनचौरस्थित बेलायती दूतावासमा पुगेर महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । महारानीको निधन खबरले आफू दुःखी भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आफ्नो र सरकारको तर्फबाट दिवंगत आत्माप्रति श्रद्धाञ्जली र त्यहाँका नागरिकलाई धैर्य रहन […]

दूतावास पुगेर राष्ट्रपतिले गरिन् महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । लैनचौरस्थित बेलायती दूतावासमा शुक्रबार दिउँसो पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गरेकी हुन् । सात दशक राजगद्दीमा बसेकी ९६ वर्षीया महारानी एलिजाबेथको बिहीबार निधन भएको हो । शुक्रबार दिउँसो दूतावास पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली अर्पण गरेकी […]

तस्वीरमा : महारानीको निधनले शोकमा डुबेको बेलायत

बेलायतको महारानी एलिजाबेथ द्वितीयको निधनको खबर आएलगत्तै देशभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । बेलायती निवास बकिङ्घम प्यालेस बाहिर हजारौं मानिस भेला भएका छन् र उनको सम्मानमा फूल चढाउँदै छन्। मानिसहरूले रानीको घरको तस्बिर खिचिरहेका छन् जहाँ झण्डा आधा झुकेको छ। उनको मृत्युको सूचना बकिङ्घम प्यालेसको मुख्य प्रवेशद्वारमा राखिएको छ। बकिङ्घम […]