अब हाम्रो पात्रोमै रेमिट्यान्स सेवा, ‘सस्तो शुल्क’ मा सोझै नेपाली बैँकको खातामा पैसा पठाउन सकिने !

काठमाण्डाै – नेपालको लाेकप्रिय एपमध्येकाे एक हाम्रो पात्रोले रेमिट्यान्स सेवा सुरु गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपालमा पैसा पठाउन सकिने सेवासमेत थपिएको हो ।आज शुक्रवारदेखि सुरु भएको यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा पैसा पठाउन सक्नेछन् । अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा पैसा पठाउन सकिने हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिनुभयाे । तत्काल अमेरिकामा रहेका नेपालीका लागि उ...