निजी खर्चमा हेलिकप्टर चार्टर गरी हिल्साबाट बिरामीको उद्धार

सिमकोट – चीनसँगको सीमानाका हिल्साबाट एक जना बिरामीको हेलिकप्टर चार्टर गरेर काठमाडौं उद्धार गरिएको छ। चीनको पुराङ काउन्टीको ताक्लाकोटमा रहँदै आएका बिरामीको उता उपचार हुन नसकेपछि घरपरिवारका सदस्य र आफन्त मिलेर स्थानीय प्रशासनको समन्वयमा हिल्सा ल्याएर हेलिकप्टरबाट उद्धार गरिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नाम्खा गाउँपालिका–६ को लिमी स्थायी ठेगाना भएका पेमा नुर्बु लामाको […]

सम्बन्धित सामग्री

घरको छतबाट लडेर घाइते महिलाको हेलिकप्टर चार्टर गरेर उद्धार

सिमकोट– घरको छतबाट लडेर घाइते भएकी हुम्लाको नाम्खा गाउँपालिका–५ तुम्कोटकी एक महिलाको हेलिकप्टर चार्टर गरी उद्धार गरिएको छ। ५८ वर्षीया छिरिङ्वा तामाङ माघ २१ गते घरको छतबाट लड्दा घाइते भएकी थिइन्। खराब मौसमका कारण उनको उद्धार हुन सकेको थिएन। तामाङको खुट्टा र ढाड भाँचिएको हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। हिमपात भइरहेका बेला […]

मुस्ताङ हेलिकप्टरले उडान थाल्यो

काठमाडौं । उडान सञ्चालनको अनुमतिसँगै मुस्ताङ हेलिकप्टरले सेवा शुरू गरेको छ । कम्पनीले गत शुक्रबारबाट नै हेलिकप्टर सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष तथा प्रबन्धक निर्देशक रोनन लामिछानेले बताएका छन् । कम्पनीका अनुसार हेलिकप्टर सञ्चालनमा आएसँगै रेस्क्यू, चार्टर, कोभिड-१९ का बिरामी उद्धार, एरियल फोटोग्राफी, कार्गो, कार्गो सिलिङलगायतका सेवा दिइनेछ ।

हेलिकप्टरबाट उद्धार गर्नुपर्दा हुम्लाका कोरोना संक्रमितको उपचार महगो – देशसञ्चार

सिमकोट– हुम्लामा कोरोना संक्रमितका गम्भीर बरामीको उपचार महँगो हुने गरेको छ। सडक यातायात नजोडिएको हुँदा बिरामीलाई हेलिकप्टर चार्टर गरेर उद्दार गर्नुपर्ने

मनाङ नासोवासीलाई राखेप सदस्य गुरुङकै नेतृत्वमा उद्धार र राहत वितरण

पोखरा –मनाङको नासो गाउँपालिका–१ स्थित नासो ताल क्षेत्रका बाढी प्रभावितलाई उद्धार र राहात वितरण गरिएको छ । शुक्रबार उक्त क्षेत्रमा व्यक्तिगत खर्चमा हेलिकप्टर चार्टर गरी केही राहात सामग्रीसहित त्यहाँको वस्तुस्थिति बुझ्न पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले पुनः सोमबार २ फ्लाइट हेलिकप्टरमा नासो बासीका लागि राहात उपलब्ध गराएका छन् ।गुरुङको नेतृत्वमा पोखरामा संकलन भएको […]

हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु

१९ पुस, सुर्खेत । हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । काठमाडौंस्थित हृयाम्स अस्पतालमा उपचारको क्रम्मा आँधीखोला गाउँपालिका-५, स्याङ्जा निवासी ५१ वर्षीय शिक्षकको मृत्यु भएको हो । डोल्पाको सरस्वती माध्यामिक विद्यालयमाकामा विगत १२ वर्षदेखि अध्यापन गर्दै आएका ती शिक्षकलाई कोराना संक्रमणबाट गम्भीर भएपछि उपचारका लागि शुक्रबार हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो […]

बझाङमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

बझाङको साईपाल गाँउपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । साईपाल गाँउपालिका वडा नम्बर १ का संगविर धामीकी श्रीमती माता देवी धामीको थप उपचारका लागि हेलिकप्टर चार्टर गरेर कोहलपुर मेडीकल कलेज नेपालगञ्ज पठाइएको हो । धलौन सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख रविन्द्र बोहराका अनुसार माता देवी धामीले असार ३० गते समय नपुग्दै मृत शिशुलाई जन्म दिएकी थिईन् । बोहराले भने, “माता गर्भवति छिन् भन्ने बारेमा हामीलाई कुनै जानकारी भएन । पाँच महिनाको गर्भ रहेछ । समय नपुगै मंगलबार मृत शिशु जन्मिएको रहेछ । हामीलाई त बुधबार मात्र सालनाल आएन, रक्तश्राव भैरहेको छ भन्ने खबर आयो । हतारमा अनमीलाई महिलाको घरमा पठायौँ । तर अवस्था जटिल भएको रहेछ ।

हेलिकप्टरद्वारा सुत्केरी आमाको उद्धार

कालिकोटको एक सुत्केरीको ज्यान बचाउन हेलीकप्टर चार्टर गरिएको छ। मंगलवार जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएकी खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो । चन्दालाई अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।