त्रिदेशीय टी-२० कप : दिपेन्द्रले बनाए अर्धशतक

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्डसविरुद्धको खेलमा नेपालका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्। दिपेन्द्रले जारी प्रतियोगितामा पहिलो अर्धशतक प्रहार गरेका हुन्। दिपेन्द्रले २८ बलमा ३ चौका र चार छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन्।

सम्बन्धित सामग्री

त्रिदेशीय टी-२० कप : कुशलले लिए विकेट

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले चौथो विकेट हात पारेको छ। नेपालका कुशल मल्लले चौथो विकेट लिएका हुन। उनले १३औं ओभरको तेस्रो बलमा नेदरल्यान्ड्सका आर्यन दत्तलाई दिपेन्द्र सिंह ऐरीमार्फत् क्याच आउट गराएका हुन्। तीन बलको सामना गरेका दत्तले रनविहिन पभेलिएन फर्किएका हुन्।

त्रिदेशीय टी-२० कप : कुशलले बनाए अर्को अर्धशतक

काठमाडौं। कुशल भुर्तेलले मलेसियाविरुद्ध पनि अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा कुशलले २६ बलमा तीन चौका र पाँच छक्कासहित अर्धशतक बनाएका हुन्। उनले यसअघि नेदरल्यान्ड्सविरुद्ध पनि अर्धशतक बनाएका थिए। नदेरल्यान्ड्सविरुद्धकै खेलमा कुशलले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। नेपाल ६.१ ओभर सकिँदा विनाविकेट क्षति ७१ रन बनाएको छ।(तस्बिर- फाइल)

त्रिदेशीय टी-२० कप : कुशल मल्लले लिए विकेट

काठमाडौं। मलेसियाविरुद्धको त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालका कुशल मल्लले विकेट लिएका छन्। १५औं ओभरमा दोस्रो बलमा कुशलले खिजार हायातलाई विकेटकिपर विनोद भण्डारीमार्फत् स्टम्पिङ गरेका हुन्। कुशलले आज आरिफ शेखको स्थान लिएका हुन्। १५ ओभरमा सकिँदा मलेसिया १०१/७ को स्थितिमा छ।

त्रिदेशीय टी-२० कप : शाहब आलमले लिए विकेट

काठमाडौं। त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा मलेसियाविरुद्ध नेपालका शाहब आलमले विकेट लिएका छन्। शाहबले १२औं ओभरको अन्तिम बलमा अमिनुद्धिन रामलेलाई अबिनाश बोहरामार्फत क्याच गरेका हुन्। शाहबले नेदरल्यान्ड्सविरुद्धको पहिलो खलमा ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। उनले पहिलो खेलमा पनि एक विकेट लिएका थिए। १२ ओभर सकिँदा मलेसिया ७७/६ को स्थितिमा छ।